सरस्वती पूजाको अवसरमा त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुल कटहरियाका विद्यार्थीहरुद्धारा साँस्कृतिक कार्यक्रम संम्पन

रबिन्द्र प्रजापति, माघ २३ गते रौतहट ।
सरस्वती पूजाको अवसरमा त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुल कटहरियाका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम संम्पन गरेका छन । कटहरिया नगरपालिका ५ कटहरियामा स्थित त्रिशक्ती इंगलिस बोडिङ्गले साँस्कृतिक कार्यक्रमको आयोजना गरेर सरस्वती पूजा भव्याताका साथ मनाएको छ ।
बोर्डिङ स्कुलको प्रागंनमा भएको साँस्कृतिक कार्यक्रममा बिभिन्न क्षेत्रबाट मानिसहरुको उपस्थिती रहेको थियो
कार्यक्रममा महिला हिंसा ,बालबिबाह ,कमेडियन,मनोरन्जनात्मक ,छोरालाई मात्र नभई छोरी संग पनि माया गर्नु पर्छ भने गितको माध्यमले प्रदर्शनी गरेका थिए । साथै उक्त सांगितीक कार्यक्रममा बिभिन्न खाले नाटक प्रस्तुत गरेका थिए । समाजमा भईरहेको बेथितीलाई मध्यनजर गरिदै नाटमा नृत्यमा प्राय सबै महिला तथा पुरुषहरुको आखां रसाएका थियो ।
त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुलका फाउण्डर प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको सांगितक कार्यक्रममा कटहरिया म्युजिकल एफ एमका समाचार प्रमुख सागर संगम ,रबिन्द्र प्रजापति, संचालिका सरिता कुश्वाहा,
सोनाली सिंह कटहरिया ५ का लोकप्रिय ब्यक्ती प्रदिप यादव, प्रिन्सिपल रौशन साह, शिक्षक गुडु , लालबाबु, शिक्षिका मेनुका दास,रुबि दास, सोस्मीता दास, बालबालिका अभिभावक र स्थानियहरुको बिषेश उपस्थीती रहेको थियो । भने सांगितक कार्यक्रमको संचालन शिक्षक मेघनाथ यादवले गर्नु भएको थियो ।
(फाइल फोटो)

16 Push 077 final